निजगढ अपडेट : ७ वटा वडाको मत गन्दा मेयर,उपमेयर दुवैमा एमालेको अग्रता

अखबार हब
२०७९ जेष्ठ ३, मंगलवार १६:११

बारा । बाराको निजगढ नगरपालिकामा मतगणना जारी रहेको छ । मतगणना सम्पन्न भएको सात वटा वडाको मतपरिणाम अनुसार नेकपा एमालेले मेयर र उपमेयर दुवैमा अग्रता कायम गरेको छ ।

नगरको वडा नं. ७, ८,९, १०, ११, १२ र १३ को मतगणना सकिदा एमालेले अग्रता लिएका हो ।

मेयर पदमा एमालेका सुरथ पुरीले अहिले २ सय ९५ मतले अग्रता लिएका छन् । उनले ५ हजार ४ सय २२ मत पाएका छन् । उनका प्रतिस्पर्धी गठबन्धन तर्फबाट काँग्रेसका उम्मेदवार सुरेश कुमार खनालले ५ हजार १ सय २७ मत प्राप्त गरी एमालेका उम्मेदवारलाई पछ्याइ रहेका छन् ।

त्यसैगरि उपमेयर पदमा एमालेकी उम्मेदवार सोममाया थिङ्गले २ सय मतसहित अग्रता लिएकी छिन् । उनले ५ हजार ८१ मत पाएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका रविराज दंगालले ४ हजार ८ सय ८१ मत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*