एमालेको विरासद ढाल्ने चरणमा रञ्जन कालाखेती

अखबार हब
२०७९ जेष्ठ ३, मंगलवार ११:४२

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको मतगणना जारी रहेको छ । हाल सम्मको मत परिणाम अनुसर गठबन्धन तर्फका काँग्रेसका अध्यक्ष पदका उम्मेदवार भारी मतका साथ अग्र स्थानमा रहेका छन् ।

हाल सम्म गणना भएको वडा नम्बर १ देखी ६ सम्मको मतपरिणाम अनुसार कालाखेती ५ हजार ८सय ६१ मत प्राप्त गरि अग्र स्थानमा रहेका छन् । कालाखेतीलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार एकराज उप्रेतीले २ हजार ८ सय ७१ मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी) का नारायण श्रेष्ठ १ हजार २ सय ८१ मतका साथ तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनकी सीता पुलामी मगरले ४ हजार २ सय ३६ मत प्राप्त गरी अग्र स्थानमा रहेकी छिन् । मगरलाई पछ्याउँदै नेकपा एमालेकी उम्मेदवार सुजीता थिङले ३ हजार ५ मत प्राप्त गरेकी छिन् । नेकपा ९एकीकृत समाजवादी० का मनिला विष्ट १ हजार ९ सय ४६ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।

हाल सम्म मनहरी गाउँपालिका वडा नम्बर १ ,३ र ६ मा नेपाली काँग्रेसका उम्मेदवारले जीत हासिल गरेका छन्, भने २,४ र ५ मा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । एमालेको लालकिल्ला भनेर चिनियको मनहरीमा अहिले सम्मको मत परिणाम अनुसार कुनै पनि वडामा जीत निकाल्न सकेको छैन् भने पालिका अध्यक्ष र उपाध्यक्षमा समेत भारी मतले गठबन्धनका उम्मेदवार अगाडी रहेका छन् ।

अहिले पालिकाको बाकी वडाको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृत पूर्ण बहादुर दर्जीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*