मनहरी ६ मा काँग्रेसको उम्मेदवार थपलिया निर्वाचित

अखबार हब
२०७९ जेष्ठ ३, मंगलवार १०:३५

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ मा नेपाली काँग्रेसका यादव थपलिया निर्वाचित भएका छन् । आज सम्पन्न भएको मतणनाको परिणाम अनुसार थपलियाले ९ सय ६८ मतका साथ विजयी भएको हो । उनका निकटतम प्रतिद्धोन्दी माओवादीका यदु श्रेष्ठले ७ सय ३४ मत पाएका थिए ।

अर्का प्रतिस्पर्धी नेकपा एमालेका ७ सय ३ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेस बाट राममाँया नगरकोटी,प्रबिता बिस्वकर्मा, बिस्नु बहादुर राई ,कुमारसिंग मोक्त्तान , सदस्य पदमा विजय भयका हुन्

गठबन्धनका साझा उम्मेदवार रञ्जन कालाखेतीले मनहरी ६ बाट १२२७ प्राप्त गरेका छन् भने ,नेकपा एमालेका उम्मेदवार एकराज उप्रेती ५९७ र नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार नारायण श्रेष्ठले ६३५ मत प्राप्त गरेका छन् ।

यता उपाध्यक्षमा गठबन्धनकी सीता पुलामि मगरले ११४७, नेकपा एमालेकी सुजीता थिङले ७०२ र नेकपा (एकिकृत समाजवादी)की मनिला विष्टले ४०० मत प्राप्त गरेका छन् । हाल सम्म ६ वटा वडा को मतगणना भएको छ । नेपाली कांग्रेस ले मनहरी १,३,६ विजय हासील गरेको छ, भने माओवादी केद्रले मनहरी २,४,५ मा जीत हासिल गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*