मनहरी ३ मा काँग्रेस विजयी

अखबार हब
२०७९ जेष्ठ १, आईतवार १८:५८

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

वडामा खसेको २७५४ मत मध्य काँग्रेसका उम्मेदवार अनन्त अर्यालले १ हजार ४२ मत प्राप्त गरि वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार सन्जीव पाठकले ७२० मत प्राप्त गरेका छन् भने अर्का प्रतिष्पर्धी नेकपा एमालेका मान बहादुर बलले ५४३मत प्राप्त गरेका छन् ।

गाउँपालिका अध्यक्षमा साझा उम्मेदवार रञ्जन कालाखेतीले मनहरी ३ बाट १३७५ प्राप्त गरेका छन् भने ,नेकपा एमालेका उम्मेदवार एकराज उप्रेती ५९८र नेकपा (एकिकृत समाजवादी) का उम्मेदवार नारायण श्रेष्ठले १९२ मत प्राप्त गरेका छन् । यता उपाध्यक्षमा गठवन्धनकी सीता पुलामि मगरले ७६९, नेकपा एमालेकी सुजीता थिङले ५९९ र नेकपा (एकिकृत समाजवादी)की मनिला विष्टले ५५२ मत ल्याएका छन् ।

२७५४ मत गन्दा पूण बदर मत ३९ भयको छ् । हाल सम्म ३ वटा वडा को मतगणना भएको छ् । नेपाली कांग्रेसले मनहरी १,३ विजय हाशील गरेको छ् भने माओवादी केंद्रले मनहरी २ मा जीत हात पारेको छ । केही समयमा वडा नम्बर ४ को मतगणना तयारी भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*