इन्द्रसरोवर ४ मा एमालेको सानदार जीत
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ४ मा नेकपा एमाले भारी मतअन्तरले विजयी भएको छ । आईतवार दिउँसो सम्पन्न मत गणना अनुसार एमाले प्यानलसहित विजय भएको हो ।
वडा अध्यक्षमा नेकपा एमालेका चन्द्रकुमार बलले ८०५ मत ल्याई ठूलो मत अन्तरले विजय हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी गठवन्धनका उम्मेदवार विष्णुबहादुर बहादुर डिम्दुङले २०५ मत ल्याएका छन् । जीत सँगै एमालेले आफ्नो ४ नम्बर वडाको अपराजित विरासत जोगाउन सफल भएको छ ।

यस्तै हाल सम्मको मत परिणाम अनुसार पालिका अध्यक्ष तथा उपाध्यक्षमा एमालेको अग्रता कायम नै छ । एमालेका देवकृष्ण पुडासैनी ७२३ मत अन्तरसहित अग्रपङ्क्तिमा रहँदा उनले ३४२५ मत प्राप्त गरेका छन् । भने दोस्रो स्थानमा रहेका कांग्रेसका विश्वलाल लामाले २७०२ मत ल्याएका छन् ।
पालिका उपाध्यक्षमा एमालेका उमाकुमारी लामा ५९० मतअन्तर ले अगाडी रहँदा लामाले ३३७८ मत पाएका छन् । उनका निकट प्रतिस्पर्धी २७८८ मतसहित कांग्रेसका निर्मला लामा दोस्रो स्थानमा रहेका छन् ।
अहिले वडा नं. ५ को मत गणना भइरहेको छ । उत्त वडाको मतपरिणाम आएसँगै इन्द्रसरोवर गाउँपालिकाको अन्तीम नतिजा आउँने छ ।








