काठमाडौंमा बालेनले बढाए मतान्तर

अखबार हब
२०७९ जेष्ठ १, आईतवार ०५:४०

काठमाडौं । महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । तीन हजार ७२७ मतगणना गर्दा बालेनले १२ सय ५४ मत ल्याएका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ८७८ मत ल्याएका छन् । पाँचदलीय गठबन्धनबाट कांग्रेसकी सिर्जना सिंहले ७१९ मत ल्याएकी छिन् ।

वडा नम्बर १, २, ३, ४ र ३२ नम्बरको मतगणना भइरहेको छ।

स्वतन्त्र उम्मेदवार बालेनले काठमाडौं महानगरपालिकामा सुरुवातदेखि नै अग्रता लिइरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*