हेटौँडा उपमहानगरः ४ हजार ९८ मत गन्दा एमालेका अनन्त पौडेल अगाडि
मकवानपुर । हेटौँडा उपमहानगरपालिकामा मत गणना जारी छ ।
४ हजार ९८ मत गन्दा एमालेको तर्फबाट मेयरका उम्मेद्वार रहेका अनन्तप्रसाद पौडेलले १२९४ मत प्राप्त गर्दे अग्रता कायम गरेका छन् ।
गठवन्धनको तर्फबाट मेयरका उम्मेदवार मीना लामाले १२७५ मत प्राप्त गरेकी छिन् । राप्रपाको तर्फबाट मेयरका उम्मेदवार दिपकबहादुर सिंहले ११०३ मत प्राप्त गरेका छन् ।







