निजगढ नगरमा ९ सय मत गन्दा पुरीको अग्रता कायमै

अखबार हब
२०७९ बैशाख ३१, शनिबार २१:३६

बारा । निजगढ नगरपालिकामा ९ सय मतगणना गर्दा नेकपा एमालेका मेयरका उम्मेदवार सुरथ पुरीको अग्रता कायमै रहेको छ । पुरीले ४६८ मत हासिल गरि अग्रता कायम राखेका छन् । यस्तै उपमेयर सोममाया थिडले ४६९ मत प्राप्त गरी अगाडी रहेकी छिन् ।

गठबन्धनबाट (नेपाली काँग्रस) तर्फका मेयर पदका उम्मेदवार सुरेश कुमार खनाल ४२४ मत, त्यस्तै उपमेयर तर्फ गठबन्धन (माओवादी केन्द्र) का रवीराज दङ्गाल ४२२ मत हासिल गरेको छ ।

वडा नं १३ अध्यक्षमा नेकपा एमालेका उम्मेदवार कमानसिंह थिङ्गले ४६७ मत प्राप्त गर्नुका साथै गठबन्धकका उम्मेदवार सुर्य घलानले ४२९ मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*