मकवानपुरमा एमालेको विजयी सुरुवात
मकवानपुर। मकवानपुरमा नेकपा एमालेको पनि विजयी सुरुवात भएको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार काशी राम बज्यु विजयी भएका हुन् ।
उनले ७४४ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस,नेकपा माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट समाजवादीका कर्ण बहादुर पाख्रिनले ७ सय ३ मत प्राप्त गरे ।
मकवानपुरमा हालसम्म ५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले ३ वडामा कांग्रेस र माओवादी केन्द्र र एमालेले एक एक वडा जितेको छ ।
मकवानपुरको १० स्थानीय तहमा १०२ वटा वडाहरु रहेका छन् ।







