काठमाडौंमा बालेन शाह अघिअघि, अरु पछिपछि

अखबार हब
२०७९ बैशाख ३१, शनिबार १६:५६

काठमाडौँ । सर्वाधिक चासोका रुपमा हेरिएको काठमाडौं महानगरपालिकाको मतगणना जारी छ।

प्रारम्भिक चरणको मत परिणाम हेर्दा प्रतिस्पर्धा निक्कै रोचक देखिएको छ। अहिले काठमाडौं महानगरमा ३,३२ र १ नम्बर वडाको मतगणना भइरहेको छ।

काठमाडौं महानगरको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका बालेन शाह अगाडि देखिएका छन्।

र्‍यापर बालेनलाई अन्य दलका प्रतिस्पर्धीले पछ्याइरहेका छन्। अहिलेसम्मको मतपरिणाम हेर्दा एमालेका स्थापित र बालेनबीच कडा प्रतिस्पर्धा देखिएको छ।

अहिलेसम्म बालेनले १५७ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले १०९ मत ल्याएका छन्। तेस्रो स्थानकी सिर्जना सिंहले ९७ मत पाएकी छिन्।

काठमाडौंको १ र ३२ नम्बर वडाबाट मतगणना सुरु गरिएको हो। जसमध्ये दुवै वडामा बालेनको प्रभाव देखिएको छ।

काठमाडौँ महानगरपालिकाको जम्मा मतदाता संख्या ३ लाख ५ सय ८४ थियो। जहाँ ३२ वटै वडामा १ लाख ८९ हजार ४ सय २० मत खसेको थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*