इन्द्रसरोबरमा कांग्रेसको अग्रता,जीवन लामा चौथो
मकवानपुर। मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको वडा नंबर १ को मतपरिणाम गनिसक्दा नेपाली कांग्रेसले अध्यक्ष तथा उपाध्यक्षमा अग्रता कायम राखेको छ ।
१६९२ मत गन्दा अध्यक्षमा नेपाली कांग्रेसका विश्व लामाले ७४४ मत प्राप्त गर्दा एमालेका देबकृष्ण पुडासैनीले ६७४ मत प्राप्त गरेका छन् । तेश्रो स्थानमा रहेको जनता समाजवादीका देबकुमार लामाले १६ मत ल्याउँदा निर्वतमान गाउँपालिका अध्यक्ष समेत रहेका एकिकृत समाजवादीका जीवन लामाले १२ मत प्राप्त गरेका छन् ।







