विपक्षीको प्रचार गरे कारबाही गर्ने कार्यकर्तालाई काँग्रेस मकवानपुरको चेतावनी

अखबार हब
२०७९ बैशाख २४, शनिबार १७:५०

मकवानपुर । स्थानी तह निर्वाचनमा नेपाली कांग्रेस मकवानपुरले गठवन्धन बाहेको ब्यक्ति वा उम्मेद्वारको सामजिक सञ्जालमा प्रचार गर्ने आफ्ना कार्यकर्तालाई कारबाहीको चेतावनी दिएको छ । गठवन्धनको निर्णयबाट तिब्र असन्तुष्ट कार्यकर्ताहरुले स्वतन्त्र, बागी तथा अन्य उम्मेदवारको प्रचार गर्न थालेपछि कांग्रेसको चेतावनी आएको हो ।

आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि कांग्रेसले चुनावमा गठवन्धनका उम्मेदवारलाई विजयी बनाउन निर्देशन समेत दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौँलागाईले जिल्लाको १० वटै स्थानीय तहमा उम्मेदवार बनेका गठवन्धनको कार्यकर्तालाई विजयी गराउन निर्देशन दिएका हुन् । पार्टीको नीति र निर्ण बिरुद्ध कांग्रेसका कार्यकर्ता लाग्न नहुने भन्दै उनले यस्ता क्रियाकलापमा सहभागि भएको थाहा भएमा विधान बमोजिम कारबाही हुने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका जिल्ला अनुशासन समितिका संयोजक प्रभातकुमार दाहालले कांग्रेसको सदस्यहरु गठवन्धनको विषयमा भ्रममा पर्न नहुने भन्दै पार्टी हित विपरित कार्य गरे कारबाहीमा पर्ने बताए । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतको पनि सहभागिता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*