चकरी मकरीमा एमालेको घरदैलो अभियान
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचन अन्तरगत मनहरी गाउँपालिका एमालेले आफ्नो घरदैलो कार्यक्रम तिब्रता दिएको छ । गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार एकराज उप्रेती, उपाध्यक्षका उम्मेदवार सुजिता थिङ लगायतको उपस्थितिमा घरदैलो कार्यक्रम गरिएको हो ।
शुक्रबार मनहरी वडा नम्बर १ मा भएको घरदैलो कार्यक्रममा झण्डै २ सयको उपस्थिति रहेको अध्यक्षका उम्मेदवार उप्रेतीले बताए । मनहरी १ को चकरी, मकरी, गोगनपानी लगायतको क्षेत्रमा घरदैलो गरिएको थियो ।
मनहरीको सम्मृद्धिको लागि उम्मेदवारहरुले दिर्घकालिन योजना प्रतिवद्धतासहित घरदैलो कार्यक्रम गरिएको उप्रेतीले बताए । घरदैलो कार्यक्रममा वडा नम्बर १ मा एमालेका अध्यक्षका उम्मेदवार भीमसेन अधिकारी सदस्यका उम्मेदवारहरु विनामाया गोले, तारा घिमिरे, पोषक वावु विष्ट (पुष्कर), विशाल लामा थिङ लगायतको उपस्थिति थियो ।







