निर्वाचनको मुखमा एमालेको नाम जोडेर कांग्रेसले भ्रम फैलायोः बानियाँ

अखबार हब
२०७९ बैशाख २१, बुधबार १२:१६

मकवानपुर । नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नंबर १८ का वडा अध्यक्ष उम्मेदवार अनिल बानियाँले मुखमा एमालेको नाम जोडेर कांग्रेस कार्यकर्ताहरुले भ्रामक गलत प्रचार गरेको बताएका छन् ।

निर्वाचन आचारसंहिता विपरित हेटौंडा १८ को लालभित्ते, सुकौरा, घट्टे खोला क्षेत्रमा जस्तापाता वितरण गर्न लागेको आरोप लागेपछि वडा अध्यक्षका उम्मेदवार बानियाँले निर्वाचन नजिकिँदै गर्दा कांग्रेसले पराजितको मानसिकताले गलत प्रचार गरेको बताए ।

हेटौंडा १८ का निवर्तमान वडा अध्यक्ष समेत रहेका बानियाँले आफु वडा अध्यक्षमा रहँदा फागुनमा उपभोक्ता समिति मार्फत हेटौंडा १८ को सुकौराको टोलको स्थानीयहरुलाई जस्तापाता लागि बजेट छुट्टाएको बताए ।

‘कांग्रेसले अतिरंजित गरेर गलत प्रचार गर्यो,हामीले गत असारमै जस्तापाता दिने भनेर निर्णय गर्यौ,फागुनमा उपभोक्तासंग सम्झौता गरेका थियौ । जेठ सम्म सम्झौता अवधि रहेको थियो । बानियाँले भने,समितिको अध्यक्ष र कोषाध्यक्षले जस्तापाता आज लैजानुभएछ । जस्ता समातेर एमालेले बाढ्यो भनेर भ्रम फैलाए । यो आरोप गलत हो,खेदजनक छ ।’

उनले आफु वडा अध्यक्ष रहँदा उक्त कार्यक्रमको लागि वडाले ५ लाख,उपमहानगरपालिकाले ३ लाख र २ लाख उपभोक्ता समितिले उठाएको बताउँदै एमालेको नाम जोडेर निर्वाचनको मुखमा गलत प्रचार गरेको बताए ।

उनले आफुले वडाको गाउँगाउँमा विकासका लहरहरु ल्याएको र काम गरेको बताउँदै बैशाख ३० गते हुने निर्वाचनमा पुनः निर्वाचित हुनेमा विश्वास व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*