निजगढ काँग्रेस : गठबन्धनको सहमति विपरीत चुनावी प्रचारमा

अखबार हब
२०७९ बैशाख २०, मंगलवार २३:३१

मकवानपुर । बाराको निजगढमा माओवादी केन्द्रसँग भएको सहमति विपरीत नेपाली काँग्रेस चुनावी प्रचारमा लागेको छ ।

काँग्रेस र माओवादी केन्द्रबीच भएको सहमतिअनुसार निजगढ नगरपालिका वडा नम्बर ७ माओवादीको भागमा परेको थियो । तर, काँग्रेसका बागी उम्मेदवारले (रुख) चिन्ह पाएपछि अहिले दुबै पार्टी छुट्टाछुट्टै पर्चा बनाएर प्रचारप्रसारमा लागेका छन् ।

काँग्रेस–माओवादी गठबन्धनका तर्फबाट मोहन डि.सि अध्यक्षका उम्मेदवार हुन् भने काँग्रेसबाट अध्यक्षका प्रत्यासी सुमन लामा काँग्रेसका उम्मेदवार हुन ।

गठबन्धनको सहमति अनुसार नेपाली काँग्रेसको भागमा २ खुल्ला सदस्य र दलित महिला सदस्यसहित ३ जना सदस्य परेको थियो । उनीहरु सबैले माओवादीको चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका छन्, भने काँग्रेसबाट वडा अध्यक्ष उम्मेदवार सुमन लामासहित पाँचैजना गठबन्धनको सहमति विपरीत (रुख) चिन्ह लिएर चुनाव लडेका हुन् ।

यतिबेला काँग्रेस–माओवादी गठबन्धनका प्रत्यासीहरु र काँग्रेसका प्रत्यासीबनेकाहरु छुटाछुटै चुनाव प्रचारप्रसारमा लागेका छन् ।

मेयरसमेत गरी बहुमत पदमा भाग पाएको काँग्रेसले वडा नम्बर ७ मा गठबन्धनको सहमति विपरीत (रुख) चिन्ह लिएर आफ्ना उम्मेदवारहरूलाई मात्रै मत माग्दै चुनावी अभियान चलाइरहेको पाइएको हो ।
चुनावी प्रचारको पर्चामा काँग्रेस ७ ले आफ्ना उम्मेदवारको तस्बिरसहित (रुख) चिन्हमा स्वस्तिक छाप लगाएर वितरण गरिरहेको काँग्रेसका एक नेताले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*