निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै नासु भरत नेपाल, नेकपा (एस)को चुनाव प्रचारप्रसारमा
मकवानपुर । सडक डिभिजन कार्यलयका हेटौँडामा कार्यरत एक सरकारी कर्मचारी नेकपा एकीकृत समाजवादीको चुनावी प्रचार प्रशारमा लागी परेका छन् ।
निर्वाचन आयोगले जारी गरेको आचार संहिताको धज्जी उडाउँदै नायव सुब्बा भरतकुमार नेपाल नेकपा (एकिकृत समाजवादी)को चुनाव प्रचारप्रसारमा लागी परेका हुन् ।उनी विगतका दिनदेखि नै हेटौँडा–८ को गठबन्दको कार्यक्रममा भाग लिँदै आएको स्थानीयले बताएका छन् ।
विगतका दिनदेखि नै चुनावी प्रचारप्रसारमा लागी परेका नेपाल सधैजसो आफूले प्रयोग गर्ने सवारी साधनमा नेकपा (एस)को कमल अंकित झण्डा फहराउँदै हिड्ने गरेका छन् ।










