अध्यक्षका उम्मेदवार कार्कीको स्थानीयले गरे भव्य स्वागत
मकवानपुर । स्थानीय निर्वाचन संघारमा आइपुग्दा विभिन्न दलहरुले आफ्नो चुनावी प्रचार प्रसारलाई तीब्रता दिएको छ ।
यसै क्रममा नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को अध्यक्ष पदमा उम्मेदवारी दिएका बोलबहादुर कार्कीले आफ्नो चुनावी प्रचारलाई तीब्रता दिएका छन् । अध्यक्ष पदमा अन्य दलको समेत उम्मेदवारी रहेकोे भएपनि कार्कीको चर्चा वडामा ज्यादा देखिएको छ । घरघरमा भोट माग्न पुगेका कार्कीलाई वडा बासीले हार्दिकताका साथ भव्य स्वागत गरेका छन् ।
वडा विकासमा एक सक्षम र बौदिक युवा अघि सरेको कारण आफूहरु उनको स्वागतमा घडा, फुलमालासहित उत्साहित हुँदै आएको स्थानीय बताउँछन् । आज उनले वडाका विकास टोल र मिलन चोकका स्थानीयहरुलाई भेट्दै भोटको लागि अपिल गरेका छन् ।









