फास्ट ट्र्याकमा लोडर दुर्घटना,तीनजनाको मृत्यु

अखबार हब
२०७९ बैशाख १९, सोमबार २०:४४

मकवानपुर । निर्माणाधीन फास्ट ट्र्याक (द्रुतमार्ग)मा लोडर पल्टिँदा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

दुई जनाको घटनास्थलमा र थप एकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनाखत र घाइतेको नाम खुल्न सकेको छैन । दुर्घटनामा घाइते ३ जनाको उपचार भइरहेको छ । मृत्यु हुने र घाइते सबै चिनियाँ नागरिक हुन् ।

बकैया गाउँपालिका ११ जितपुर भञ्ज्याङमा लोडर पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लोडर सडकबाट करिब ५० मिटर तल पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*