सभा सकिए लगत्तै चौर सरसफाइमा एमाले मकवानपुरका नेता तथा कार्यकर्ता

अखबार हब
२०७९ बैशाख १९, सोमबार २०:२२

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आइतबार गरेको चुनावी सभा सकिए लगत्तै चौरमा थुप्रिएको फोहोर सफा गरेर उदाहरणीय काम गरेको छ ।

एमाले मकवानपरका नेता कार्यकर्ताले हेटौंडाको हुप्रचौरमा भएको चुनावी सभापछिको फोहोर सरसफाई गरेर उदाहरणीय काम गरेको हो ।

प्रायः जसो सभा सम्मेलन गरेर फोहोरको थुप्र पारी हिड्ने असभ्य जमातलाई एमाले मकवानपुरका कार्यकर्ताले राम्रो पाठ सिकाएका छन् ।

सभाका क्रममा पर्चा, पम्पप्लेट, झण्डा, ब्यानर र खानेकुराहरुको फोहोर थुप्रिएको चौर र सडक एमाले मकवानपुरका नेता तथा कार्यकर्ताहरुले सफा गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*