‘अगस्ते जस्ता अनुहार भएकोले २४ लाख डोज भ्याक्सिन खाए’ –ओली

अखबार हब
२०७९ बैशाख १८, आईतवार १८:२७

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारले २४ लाख डोज खोप गायब बनाएको आरोप लगाएका छन् ।

अन्तराष्ट्रिय श्रमिक दिवस तथा आसन्न निर्वाचन केन्द्रित नेकपा एमाले मकवानपुरले गरेको आमसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले स्वास्थ्य मन्त्री विरोध खतिवडाले २४ लाख खोप गायब पारेको बताए ।

ओलीले भने– ‘अगस्ते जस्तो अनुहार भएकोले २४ लाख डोज खोप गाएप गर्यो’ । अहिलेको सरकार खान जन्मिएको आरोप लगाउँदै जनताले चुनाव मार्फत जवाफ दिने बताए  ।

यसमा तपाइको मत

Your email address will not be published.


*