बालेन शाह र गणेश पौडेललाई लौरो चुनाव चिह्न

अखबार हब
२०७९ बैशाख १७, शनिबार १५:१७

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाह र पोखरा महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार गणेश पौडेलले लौरो चुनाव चिह्न पाएका छन् ।

आफूलाई अटेरी उम्मेदवार भनेर चिनाउने काठमाडौंका स्वतन्त्र उम्मेदवार शाह र पोखराका पौडेललाई निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनाव चिह्न दिएको हो ।

शनिबार देशभर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न वितरण गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*