हेटौंडा–२ को अध्यक्षका स्वतन्त्र उम्मेदवार सुदीपले पाए धारा चुनाव चिह्न

अखबार हब
२०७९ बैशाख १७, शनिबार १५:१०

मकवानपुर । नेपाली कांग्रेसबाट हेटौंडा–२ को वडा अध्यक्षको लागि टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका सुदीप राजबहाकले चुनाव चिह्न ‘धारा’ पाएका छन् ।

नेपाली कांग्रेसबाट गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा विजयी भएका राजबहाकले वडा अध्यक्षका लागि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

गत स्थानीय तहको निर्वाचनमा वडा नम्बर २ मा वडाध्यक्षसहित ३ सदस्य एमालेले जित्दा कांग्रेसबाट राजबाहकलेमात्र वडा सदस्य जितेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*