गठबन्धनको तर्फबाट हेटौंडाको मेयरमा लामा र उपमेयरमा बानियाँको मननोयन दर्ता
मकवानपुर । पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा मनोनयन दर्ता भएको छ ।
आज सोमबार तामझामकासाथ हेटौंडा–२ स्थित निर्वाचन कार्यालय पुगेर नेकपा (एकीकृत समाजवादी)को तर्फबाट मेयरमा मिना लामा र नेपाली काँग्रेसको तर्फबाट उपमेयरमा राजेश बानियाँले मनोनयन दर्ता गराएका हुन् ।
लामा यस अघिको निर्वाचनमा नेकपा एमालेबाट उपमेयरमा निर्वाचित भएकी थिइन् भने बानियाँ हेटौंडा–५ का वर्तमान वडाअध्यक्ष हुन् ।







