एमालेबाट हेटौंडाको मयर र उपमेयरको मनोनयन दर्ता
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थानीय तहको निर्वाचनको लागि हेटौँडा उपमहानगरपालिकामा मेयर/उपमेयरसहित १९ वटै वडाध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता गरेको छ ।
एमालेको तर्फबाट उपमहानगरपालिकाको मेयरमा अनन्तप्रसाद पौडेल तथा उपमेयरमा सुमित्रा काफ्लेले मनोनयन दर्ता गरेकि हुन् ।
एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका पौडेलको प्रस्तावकमा बर्तमान मेयर हरिबहादुर महत तथा समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल रहेका छन् । उपमेयर काफ्लेको प्रस्तावकमा एमाले नेतृ आरती पाठक तथा समर्थकमा सिता विष्ट रहेका छन् ।
एमाले जिल्ला पार्टी कार्यालय हेटौँडाबाट र्यालीसहित मनोनयन दर्ताको लागि उम्मेदवार तथा कार्यकर्ता मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।







