मनहरीमा एकीकृत समाजवादीले तोड्यो गठबन्धन, अध्यक्षमा श्रेष्ठ र उपाध्यक्षमा विष्टले उम्मेदवारी दिने
मकवानपुर । नेकपा एकीकृत समाजवादीले मकवानपुरको मनहरी गाउँपालिकामा एकल रुपमा उम्मेदवारी दिने भएको छ ।
पाँच दलीय गठवन्धनको घटक समेत रहेको समाजवादीले मनहरीमा भागवण्डामा कुनैपनि सिट नपाएपछि एकल रुपमा उम्मेदवारी दिन लागेको हो ।
समाजवादीले अध्यक्षमा नारायण श्रेष्ठ तथा उपाध्यक्षमा मनिला विष्टलाई अघि सारेको छ । विष्ट यस अघिको निर्वाचनमा नेकपा एमालेको तर्फबाट विजयी भएकि थिईन् ।







