तामझामका साथ आज मकवानपुरका ठूला दलले उम्मेदवारी दर्ता गर्दै

अखबार हब
२०७९ बैशाख १२, सोमबार ०९:०४

मकवानपुर । आसन्न स्थानीत तहको निर्वाचनका लागि मकवानपुरका प्रमुख दलहरुले आफ्नो उम्मेदवारी दर्ता गर्दैछन् ।

आज मकवानपुरका दश वटै स्थानीय तहमा तामझामका साथ नेकपा एमालेलगायतका ठूला दहरुले प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य पदमा उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।

सबै स्थानीय तहमा रयाली सहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिने नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले बताए । यसैगरी नेपाली काँग्रेस लगायतका गठबन्धन दलहरुले आजै १० वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गर्ने बताइएको छ । निर्वाचन आयोगले हिजो र आज उम्मेदवार मनोनयनको दिन तोकेकोमा हिजो पहिलो दिन धेरै पालिकामा साना दल र स्वतन्त्रबाट मात्रै उम्मेदवारी दर्ता भएको छ ।

आयोगले मनोनयन दर्ताका लागि आज बेलुकी ५ बजे अन्तिम समय निर्धारण गरेको छ । हिजो पहिलो दिन मुख्य दलका तर्फबाट उम्मेदवारी मनोनयन कम परेको आयोगले जनाएको छ । चुनावी कार्यक्रमअनुसार आज नै उम्मेदवारको नामावलीको सूची प्रकाशित हुनेछ ।

भोलि दाबी बिरोधको समय निर्धारण गरिएको छ । बुधवार र बिहीवार दाबी विरोधमाथि जाँचबुझ गर्ने र शुक्रवार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । १७ गते शनिबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*