स्वास्थ्यमन्त्री खतिवडाको गृह जिल्लामा नेकपा (एस)को कन्तबिजोग
मकवानपुर । नेपका एमालेबाट टुक्रिएर बनेको नेकपा एकीकृत(समाजवादी) मकवानपुरमा खुम्चिन पुगेको छ ।
नेपाल सरकारका स्वथ्यमन्त्री विरोध खतिवडाको गृह जिल्लासमेत रहेको मकवानपुरमा समाजवादीलाई गठबन्धनका काँग्रेस र माओवादी केन्द्रले जम्मा दुई वटा मात्र स्थानमा सिट दिएर न्यून हैसियतमा झारेको हो ।
जिल्लाको १० पालिकाको २० पदमध्ये समाजवादीको भागमा हेटौंडा उपमहानगरपालिकाको मेयर र इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा मात्र उम्मेद्वारी दिन पाउनेगरी गठबन्धनमा सहमति भएको छ ।
समाजवादीले दाबी गरेको बकैया, कैलाश तथा मनहरीमा भने हात खाली भएको छ । समाजवादीले दाबी गरेको तीनै स्थानको अध्यक्ष तथा उपाध्यक्षमा कांग्रेस र माओवादीले उम्मेदवारी दिने भएका छन् ।
समाजवादीले जिल्लामा यदी वडा तहमा पनि भागबण्डा भएको अवस्थामा अहिलेको भागबण्डालाई हेर्दा न्यून संख्यामा वडाहरु पाउने देखिएको छ ।







