कैलाशका २ वडाबाट एमालेको उम्मेदवारी दर्ता
मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरको कैलाश गाउँपालिकाका २ वडाबाट नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
एमालेका तर्फबाट गाउँपालिकाको वडा नम्बर ५ र १० का वडाअध्यक्ष तथा सदस्यका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
कैलाश ५ को वडा अध्यक्षमा छेकु लामाले दोस्रो पटक उम्मेदवारी दर्ता गराएका छ । यसअघि पनि २०७४ सालको स्थानीय तहको निर्वाचनमा विजयी भएका लामाले दोस्रो पटक वडा अध्यक्षमा दोहोरिने इच्छा व्यक्त गरेका हुन् । वडा सदस्यहरुमा दुदु कुमारी मोक्तान, राधिका विक, मान बहादुर पाख्रिन र टेक बहादुर लोले उम्मेदवारी दर्ता गाराएका छन् । वडा सदस्यहरुमा लो नयाँ अनुहार हो भने अन्य सबैजना दोस्रो पटक वडा सदस्यमा उम्मेदवारी रहेको छ ।
यसैगरी कैलाशको वडा नं. १० को अध्यक्षमा सूर्य बहादुर भ्लोनले उम्मेदवारी दर्ता गराएका हुन् । वडा सदस्यहरुमा जुनसरी राई, बिमला सुनार, दिनेश थिङ र प्रताप सिं वाइबाको उम्मेदवारी रहेको छ । कैलाश–१० मा एमालका तर्फबाट सम्पूर्ण उम्मेदवार नयाँ अनुहार रहेका छन् । कैलाश गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा बाँकी वडाका अध्यक्ष तथा सदस्यहरुको उममेदवारी सोमबार दर्ता गराइने जनाइएको छ ।







