भीमफेदीमा एमालेका उम्मेदवारले गरे उम्मेदवारी दर्ता
मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि मकवानपुरको भीमफेदी गाउँपालिकामा नेकपा (एमाले)ले आज उम्मेदवारी दर्ता गराएको छ । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमाले बागमती प्रदेशको उपसचिव महेश बर्तौलाको प्रमुख आतिथ्यमा भएको बृहत र्याली सहितको कार्यक्रममा एमालेका नेता, कार्यकर्ताको उल्लेख्य उपस्थितिमा गाउँपालिकाको अध्यक्षमा हिदम लामा र उपाध्यक्षमा पार्वती रानाले उम्मेदवारी दर्ता गराएका हो ।
मन्तब्यको क्रममा बर्तौलाले यो स्थानीय चुनाब भाजपाको गोटीको रुपमा रहेको पाँच दलीय गठबन्धन र एमालेको बीचमा प्रतिस्पर्धा हुने र जीत नेकपा एमालेकै हुने बताए । कार्यक्रममा बोल्दै एमालेको उम्मेदवार जिताउन सम्पूर्ण भीमफेदीबासीलाई आग्रहसमेत गरेका हुन् ।
यस्तै, एमाले भीमफेदीका वडाका अध्यक्षहरु १ नं.मा पञ्चमाया स्याङ्तान, २ नं.मा काशिराम बज्यु, ३ मा प्रकाश पौडेल, ४ मा सागर पाण्डे र ५ नं.मा जहार सिंह लामाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी ६ नम्बर वडा अध्यक्षमा सिताराम थापा, ७ नम्बर वडा अध्यक्षमा परमेश्वर राना, ८ नम्बर वडा अध्यक्षमा बिष्णु भोलन र ९ नम्बर वडा अध्यक्षमा प्रकाश पुडासैनीले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेले एकैपटक गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यको उम्मेदवारी दर्ता गराएको पालिका अध्यक्षका उम्मेदवार हिदम लामाले बताए ।







