गठबन्धनले अस्थिरता निम्तनेः पौडेल
मकवानपुर । नेकपा एमालेका तर्फबाट हेटौंडा उपमहानगरपालिकाका मेयरका उम्मेदवार अनन्त पौडेलले गठबन्धन संस्कृतिले स्थानीय तहमा अस्थिरता निम्त्याउने बताएका छन् ।
प्रेस चौतारी निकट पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयरका उम्मेदवार पौडेलले नेकपा एमालले विगतमा गरेका कामहरु नै अहिले मतदातासँग मत माग्ने मुख्य आधार रहेको बताए।
कार्यक्रममा उपमेयर पदकी उम्मेदवार सुमीत्रा काफ्लेले उपमहानगरपालिकाका सर्वसाधारणले अनुभुती गर्ने गरी विकासका काम हेटौंडा उपमहानगरमा एमालेले गरेको बताए।
कार्यक्रममा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, एमाले मकवानपुरका सचिव एवम् हेटौंडा ४ नम्बर वडाका अध्यक्षका उम्मेदवार नवीन सिग्देल, मकवानपुरगढी गाउँपालिकाका अध्यक्षका उम्मेदवार बिदुर हुमागाई, हेटौंडा ९ नम्बर वडाका अध्यक्षका उम्मेदवार लक्ष्मण प्रसाद भण्डारी, ७ नम्बर वडाका अध्यक्षका उम्मेदवार राजन थापा, ११ नम्बर वडाका अध्यक्षका उम्मेदवार जुना दाहाल, प्रचार विभाग प्रमुख ध्रुबप्रसाद चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।







