हेटौंडा अस्पतालमा सुत्केरीको मृत्यु, चिकित्सकको लापारवाही कारण घटना भएको पीडित पक्षको आरोप

अखबार हब
२०७९ बैशाख ११, आईतवार १५:२१

मकवानपुर । हेटौंडा अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्यु भएको छ । चिकित्सकहरुको लापारवाहीका कारण मृत्यु भएको पीडितका आफन्तहरुले आरोप लगाएका छन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थायी घर भइ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा डेरा गरी बस्ने ३१ बर्षीया सीतामायाँ मोक्तानको गएराति मृत्यु भएको हो ।

सुत्केरी गराउनका लागि बैशाख ८ गते हेटौंडा अस्पतालमा ल्याइएको र ९ गते शल्यक्रिया गरी १० गते अति सघन कक्ष (आइसियू) मा बिरामीलाई राखिएकोमा उनको गएराति मृत्यु भएको जानकारी आफूहरुलाई चिकित्सकले दिएको मृतककी बहिनी देवी लामाले बताइन् ।

शव अस्पतालकै शवगृहमा राखिएको छ । नावजात शिशुको अवस्था सामान्य रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*