हेटौँडाका ३६ जनप्रतिनिधिले दिए राजीनामा

अखबार हब
२०७९ बैशाख १०, शनिबार १२:२८

मकवानपुर । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न हेटौंडा उपमहानगरपालिका अन्तर्गतका जनप्रतिनिधिहरुले धमाधम राजीनामा दिन थालेका छन् ।

भोली र पर्सी स्थानीय तहको चुनावका लागि उमेदवारी दर्ता गर्ने कार्यक्रम रहेकाले अहिले भइरहेका जनप्रतिनिधिहरुले पनि राजीनामा दिन थालेका हुन् ।

हेटौंडाका केही वडाका वडा अध्यक्षहरु र वडा सदस्यहरुले राजिनामा दिएका हुन् । उमेदवारी दर्ता गर्नका लागि जनप्रतिनिधिहरुले अनिवार्य रुपमा राजीनामा दिनुपर्ने भएपछी फेरी पनि उमेदवारी दिने तयारीमा रहेका जनप्रतिनिधिहरुले राजीनामा दिएका हुन् ।

हेटौंडाका ९ वडा अध्यक्षसहित ३६ जना निर्वाचित जनप्रतिनिधिले शुक्रबार उपमहानगरमा राजीनामा बुझाएका हुन् । राजीनामा दिने वडा अध्यक्षहरुमा हेटौंडा २ का हरि राउत, ३ नम्बर वडाका रामकुमार पुडासैनी, ४ का नविन सिग्देल, ७ का राजन थापा, ९ का लक्ष्मण भण्डारी, १२ का ललित घलान, १४ का दीपक खड्का, १८ का अनिल बानियाँ लगायतकाले राजीनामा दिएका छन् । यसैगरी हेटौंडा उपमहानगरकै विभिन्न वडाका सदस्यहरु २७ जनाले पनि शुक्रबारनै राजीनामा दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*