हेटौंडा २ को वडा अध्यक्षमा काँग्रेसबाट घिमिरेको पल्लाभारी

अखबार हब
२०७९ बैशाख ३, शनिबार १८:५७

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा अध्यक्षमा नेपाली काँग्रेसबाट रवीन्द्र घिमिरेको पल्लाभारी देखिएको छ ।

शनिबार हेटौंडा–२ बनस्खण्डीमा घिमिरेको सक्रियतामा नेपाल तरुण दल हेटौंडा–२ समितिले वनभोज कार्यक्रम आयोजना गरेसँगै जिल्ला तहका नेताहरुको उपस्थितिले घिमिरेले टिकट पाउने पाल्लाभारी देखिएको हो । दाबेदारको श्रृंखलामा सुरुदेखि सक्रिय रुपमा देखिएका घिमिरे तरुण नेता हुन् ।

२०५१ सालपछि काँग्रेसको क्रियाशील सदस्यता लिएर राजनीतिमा होमिएका घिमिरेले २ नम्बर वडा अध्यक्षमा बाजी मार्ने दाबी गर्दै आएका छन् । काँग्रेसका केन्द्रदेखि जिल्ला तहसम्मका नेताहरुको गढका रुपमा चिनिने २ नम्बर वडामा ३० बर्षदेखि काँग्रेसको नेतृत्वविहिनलाई चिर्दै आफु विजयी हुने घिमिरेले बताए ।

‘३० वर्षअघि काँग्रेसको उम्मेदवार वडा अध्यक्ष हुनुहुन्थ्यो त्यसपछि नेकपा एमालेले मात्र यहाँ जितेको छ ।’ उनले भने, ‘यस पटक मैले जित हात पार्नेछु र काँग्रेसको किल्ला बनाउनेछु ।’

लामो समयदेखि पार्टी र उद्योगी तथा व्यवसायीको क्षेत्रको राजनीतिमा क्रियाशील रहेका घिमिरेले वडा अध्यक्षमा दरिलो ढंगलदे आकांक्षा व्यक्त गरेका छन् । तरुण दल मकवानपुर पूर्वजिल्ला कोषाध्यक्ष रहेका घिमिरे नेविसंघ मकवानपुर पूर्वजिल्ला सदस्य समेत हुन् ।

श्रीकृष्ण प्रावि हेटौंडा–६ का विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेको घिमिरे उद्योग बाणिज्य संघ मकवानपुर, निर्माण व्यवसायी संघ मकवानपुर, जिल्ला खेलकुद विकास समितिको सदस्य समेत रहेर आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरिसकेका छन् । रोटरी, जेसीज तथा लायन्स क्लबमा आबद्ध भएर उनले आफ्नो सामाजिक क्षेत्रमा आफ्नो पहिचान बनाउन सफल भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*