भरतपुर महानगरमा कांग्रेस–माओवादी संघर्ष

अखबार हब
२०७९ बैशाख ३, शनिबार १३:१९

स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने केन्द्रिय निर्णय आउनुअघि र आएपछि पनि चितवनस्थित भरतपुर महानगरपालिका चर्चाको शिखरमा छ ।

नेकपा एमालेले भरतपुर महानगरपालिकाका लागि प्रदेश सांसद बिजय सुबेदीलाई उम्मेदवार बनाउने निर्णय गरिसक्दा पनि पाँच दलीय गठबन्धनले अझै साझा उम्मेदवार तय गर्न सकेको छैनन् ।

केन्द्रीय निर्णयअनुसार भरतपुरमा माओवादी केन्द्रको भागमा परेपछि मुख्यतः कांग्रेस जनप्रतिनिधिहरुले आपत्ति जनाउँदै आएका छन । पार्टी सभापति शेरबहादुर देउवाले भरतपुर पुनः माओवादीलाई दिने निर्णय लिन खोजेपछि कांग्रेस जिल्ला कमिटी नै काठमाडौंमा ‘डेलिगेसन’ आएर आपत्ति जनाएको थियो भने सो निर्णयपछि पनि वडा नम्बर १९ का सभापति आसमान तामाङको अध्यक्षतामा गत मंगलबार जिल्ला पार्टी कार्यालय कमलनगरमा बसेको वडा सभापतिको बैठकले केन्द्रीय निर्णयको विरोध गर्दै माओवादी केन्द्रलाई दिएको खण्डमा मेयर, उपमेयरसहित सबै वडामा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।

‘वडा सभापतिको संयुक्त निर्णय विपरित गठबन्धन गरिएमा भरतपुर महानगरमा मेयर, उप–मेयर र सबै वडामा अध्यक्षसहितका उम्मेदवार खडा गर्ने निर्णय भईसकेको छ, हामी तयारीमा जुटिसक्यौं,’ तामाङले निर्णयपछि भन्दै आएका छन । उनका अनुसार बैठकको सो निर्णय केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरणसमेत गरिसकेका छन् ।

गत निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन हुदाँ भरतपुरवाट माओवादीकी रेणु दाहाल बिजयी भएकी थिइन ।

यसमा तपाइको मत

Your email address will not be published.


*