ओखलढुङ्गा एमालेको ‘हिरा’ जसले पाए वडाध्यक्षको टिकट

अखबार हब
२०७८ चैत्र २६, शनिबार २२:४९

ओखलढुङ्गा । आसन्न स्थानीय तहको निर्वाचनका लागि ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं.१ मा नेकपा एमालेको तर्फबाट हिराबहादुर कार्कीले उम्मेदवारी दिने भएका छन् ।

आज बसेको वडा कमिटीको बैठकले उनलाई सर्वसम्मत् वडाअध्यक्षको उम्मेदवारी सिफारिस गरेको हो ।

उनी लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनीसँग एमाले ओखलढुङ्गा–काठमाडौैं सम्पर्क मञ्च कमिटीमा रहेर काम गरेको अनुभव छ साथै उनलाई जिल्लाकै स्वच्छ छवी भएको उम्मेदवारको रुपमा हेर्नेहरु पनि छन् ।

वडा मात्र नभएर जिल्लाकै युवाहरुमाझ लोकप्रिय रहेका उनले निर्वाचन सहजै जित्ने आँकलन गर्नेहरु धेरै रहेका छन् । यद्यपी गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले जितेको उक्त वडामा जीत सुनिश्चित गर्न उनलाई केही चुनौतीहरु पनि रहेका छन् ।

तर, नेपाली काँग्रेसका समर्थकहरु नै उनलाई विजयी गराउन लागिरहँदा जीत सुनिश्चित रहेको स्थानीयबासी बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*