एमाले हेटौंडा : १८ नम्बर अध्यक्षको उम्मेदवारमा अनिल बानीयाँ
मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले उम्मेदवार छनोटलाई तीब्रता दिएको छ । जिल्लाका १० स्थानीयका १ सय २ वटा वडाहरुमा वडा अध्यक्षसहित वडा सदस्यहरुको उम्मेदवार टुंगो लागाउने कार्यलाई तीब्रता दिएको हो ।
सोहि क्रममा धेरैजसो वडाहरुका सर्वसम्मत् उम्मेदवार छान्ने नीति लिएका एमालेले हेटौँडा उपमहानगरपालिका वडा नंबर १८ मा अनिलकुमार बानीयाँलाई वडा अध्यक्षमा उम्मेदवार बनाएको छ । आज भएको वडा कमिटिको बैठकले बर्तमान वडाअध्यक्ष समेत रहेका बानीयाँलाई वडा अध्यक्षको उम्मेदवार चयन गरेको हो ।







