एमाले बकैया : ४ नम्बर वडाको उम्मेदवारमा दंगाल

अखबार हब
२०७८ चैत्र २४, बिहीबार २१:३५

मकवानपुर । नेकपा एमालेले बकैया गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा वर्तमान अध्यक्ष राजन दंगाललाई नै आगामी निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ।

यस्तै खुला सदस्यमा गंगा न्यासुर र नरबहादुर भ्लोन, दलित महिला सदस्यमा सावित्रि सुनार र महिला सदस्यमा जिराकुमारी दाहाल सर्वसम्मत् चयन भएका छन् ।

एमालेले मकवानपुरको अधिकांश स्थानीय तहमा सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाएको छ । सर्वसम्मत हुन नकसेका ठाउँमा वडाध्यक्षमा बढीमा तीनजनाको नाम सिफारिस भएको छ ।

त्यस्तै एमालेले जिल्लाको मनहरी गाउँपालिकाका ९ वडा मध्ये ५ वटामा सर्वसम्मत्, बाँकी ४ वटामा सर्वसम्मत् हुन नसक्दा उम्मेदवारको नाम जिल्लामा सिफारिस गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*