हेटौंडा–७ मा एमालेतर्फ राजन थापा नै सर्वसम्मत्

अखबार हब
२०७८ चैत्र २४, बिहीबार १९:१०

मकवानपुुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमाले मकवानपुरले उम्मेदवार छनोटलाई तीब्रता दिएको छ ।

जिल्लाका १० स्थानीयका १ सय २ वटा वडाहरुमा वडाध्यक्षसहित वडा सदस्यहरुको उम्मेदवार टुंगो लागाउने कार्यलाई तीब्रता दिएको हो ।

सोहि क्रममा धेरैजसो वडाहरुका सर्वसम्मत् उम्मेद्वार छान्ने नीति लिएको एमालेले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ को वडाअध्यक्षमा वर्तमान अध्यक्ष राजन थापालाई नै आगामी निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यस्तै खुला सदस्यमा देवराज रिमाल र नरबहादुर भ्लोन, दलित महिला सदस्यमा सपना वि.क. र महिला सदस्यमा तुलसा अधिकारी सर्वसम्मत् चयन भएका छन् । वडा अध्यक्ष थापा, वडा सदस्य देवराज रिमाल र दलित सदस्य सपना वि.क. दोस्रो कार्यकालका लागि उम्मेदवार बन्दैछन् भने नरबहादुर भ्लोन र तुलसा अधिकारी पहिलो पटक वडा सदस्यको उम्मेदवार बन्दै छिन् ।

एमालेले मकवानपुरको अधिकांश स्थानीय तहमा सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लगाएको छ । सर्वसम्मत हुन नकसेका ठाउँमा वडाध्यक्षमा बढीमा तीनजनाको नाम सिफारिस भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*