भरतपुर महानगरपालिकाको प्रमुखमा युवा नेता जोशीको चर्चा
चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका युवा नेता उत्तम जोशीको चर्चा हुन थालेको छ । भरतपुर महानगरपालिकामा भएका बेथिति बिरुद्ध निरन्तर आवाज उठाउँदै आएका जोशीको नाम मेयरका लागि चर्चामा आएको हो ।
उनले काँग्रेसलाई घाटा र समस्या हुने गरि महानगरले गर्ने कामको चर्को बिरोध गर्ने गर्दछन । बि.पि. शान्ति नगर बन संरक्षण र कोरोना अस्पतालमा भएको भ्रष्टाचार प्रकरण उजागार गर्न उनले खेलेको भूमिकाको कार्यकर्ता पंक्तिले संधै मुक्त कण्ठले प्रशंसा गर्ने गरेका छन । खरो स्वभावका उनि प्रखर वक्ता पनि हुन ।
बि.स. २०४६ सालको जनआन्दोलनमा सहभागिता जनाएर काँग्रेसको राजनीतिमा सकृय भएका जोशी २०४८ सालमा तनहुँको जनजागृति मा।बि। मा ने।बि।संघको सभापति बनेका थिए । २०५३ सालमा उनि ने।बि।संघको जिल्ला सदस्य, सचिव, सभापति हुँदै केन्द्रीय सदस्य बने ।
२०५२ देखि ५८ सालसम्म नेबि संघ बालकुमारी कलेज एकाई समितिको सदस्य, सचिव हुँदै सभापति समेत भए । पार्टीको बाह्रौ महाधिवेशनमा जोशी भरतपुर १० कडा कमिटिको सभापति भएर काम गरेका थिए । निष्ठाको राजनीतिमा विश्वास राख्ने जोशी पार्टीका निवर्तमान जिल्ला सचिव समेत हुन ।
जिल्लामा ५ दलिय गठवन्धनको सहमति भएपनि भरतपुर महानगरको मेयर पद नछाड्ने काँग्रेस चितवनले आधिकारिक निर्णय नै गरिसकेको छ ।







