को हुन् मनहरी–१ मा वडा अध्यक्षको दाबी गर्ने उप्रेती ?

अखबार हब
२०७८ चैत्र २२, मंगलवार २१:२९

मकवानपुर । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै यतिबेला गाउँघरमा चुनावी रौनक बढेको छ । विभिन्न राजनीतिक पार्टीहरुले आफ्नो गतिविधिलाई गाउँ केन्द्रित गरिरहेका छन् ।

उक्त निर्वाचनको लागि पश्चिम मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर १ का काँग्रेसको तर्फबाट आफ्नो उम्मेदवारको नामावली जिल्लामा पठाई सकेको छ । आइतबार नेपाली काँग्रेस मनहरी १ को पूर्ण बैठकले पार्टी जिल्ला समितिलाई ६ जनाको नाम सिफारिस गरेको छ । कम्तीमा ३ जनाको नाम सिफारिस गर्नुपर्ने काँग्रेसको निर्देशन रहेपनि भेलामा सहमति जुट्न नसकेपछि वडा अध्यक्षमा ६ जनाको नाम सिफारिस गरेको हो ।

नेपाली काँग्रेस मनहरीका युवा नेता रामकुमार उप्रेती, वर्तमान वडाध्यक्ष शिवप्रसाद खनाल, वडा सदस्य नवराज पौडेल, काँग्रेस संघीय सदस्य राममणि न्यौपाने, रामप्रसाद न्यौपाने र चन्द्रवती लटौलाको नाम सिफारिसमा परेको छ ।

आकांक्षीमध्ये एक रामकुमार उप्रेती नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाल जीवन ज्योति मावि मकरीको २०५७ सालमा उपसभापतिको भूमिका निर्वाह गर्दै २०६६/०६८ मा साविक हाँडीखोला २ मकरीको तरुण दलको अध्यक्ष बन्दै सक्रिय राजनीतिमा होमिएका हुन् । उनले २०७५ मा नेपाली काँग्रेस मनहरी १ को सभापति भई एक कार्यकाल जिम्मेवारी निर्वाह गरिसकेका छन् । हालै सम्पन्न अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिसमेत हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा अग्र स्थानमा देखिएका उप्रेती सम्पूर्ण युवा पंक्तिलाई एक बनाएर वडामा नेपाली काँग्रेसलाई जिताउन सफल भएका थिए ।

उनले आफू वडा अध्यक्षमा निर्वाचित भएपश्चात् किसानको खेतबारीमा अधुनिकरण गर्दै कृषि उपजलाई बढाई किसानको आर्थिक उन्नतीमा टेवा पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने, गाउँमा हुने विपद्का घटनाहरुबाट हुने क्षतिको न्यूनीकरणको लागि विपद् व्यवस्थापन कोषको स्थापना गर्ने समेत प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

वडालाई पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि वडामा भएका धार्मिक तथा ऐतिहासिक एवम् पर्यटकीय क्षेत्रहरुलाई व्यवस्थित गर्दै पर्यटक आगमनलाई बढाई वडाबासीको आर्थिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने उनको बुझाई रहेको छ ।

सिफारिस भएका नाममध्ये उप्रेती बलियो र सक्षम प्रत्यसी रहेको स्थानीय वडाबासीहरुको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*