एकीकृत समाजवादीले बढायो चुनावी सक्रियता

अखबार हब
२०७८ चैत्र २०, आईतवार १०:२८

मकवानपुर । नेकपा एकिकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकामा चुनाव केन्द्रित सक्रियता बढाएको छ ।

समाजवादीले चुनावी अभियान अन्तर्गत शनिबार हेटौंडाको ६, ७, ९, १४ र १८ नम्बर वडामा बैठक बसेर चुनाव केन्द्रित विभिन्न योजना पारित गरेको छ । यही चैत १८ गते पार्टी नगर कमिटीको बैठकको सर्कुलर कार्यान्वयन गर्दै एकीकृत समावादीको वडा वडामा चुनावी अभियान अन्तर्गतका विभिन्न कार्ययोजना अघि बढाइएका छन् । अभियान अन्तर्गत चुनावी गठबन्धनका लागि अध्यक्षको संयोजनमा तीन सदस्यीय ३ सदस्यीय वडास्तरिय समिती हरेक वडा वडामा निर्माण गरिएको जनाइएको छ ।

अभियान अन्तर्गत स्वयम् सेवक परिचालन, भेला, प्रशिक्षण घरदैलो अभियान लगायतका कार्यक्रम गरिएका छन् । यही चैत २१ गतेसम्म चुनावी अभियान अन्तर्गत वडास्तरिय चुनावी संरचना निर्माण कार्यले हेटौंडा उपमहानगरमा अहिले तिब्रता पाइरहेको जनाइएको छ । पार्टीका अनुसार १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरी चुनावी अभियान हेटौंडामा अघि बढेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*