थाहामा एमालेको ७ सय १ निर्वाचन परिचालन कमिटी
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले स्थानीय तहको निर्वाचन नजिकिएसँगै आफ्नो चुनाव लक्षित कार्यक्रमलाई तिब्रता दिएको छ । जसअन्तरगत आज(शनिवार) उत्तरीमकवानपुरको थाहानगरपालिकामा अच्युत्तमप्रसाद ढकालको संयोजकत्वमा ७ सय १ सदस्यी निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
नगर कमिटीको पूर्ण बैठक तथा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमबाट प्रतिवद्वता पत्र लेखन कमिटी, उम्मेदवार छनौट सहजकर्ता कमिटी गठन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि एमाले प्रदेश कमिटी सदस्य तथा संघीय निर्वाचन क्षेत्र इन्चार्ज सुवाश चन्द्र ठकुरीले विगतमा एमालेले गरेका कामका आधारमा जनताले उचित मूल्यांकन गर्दै एमालेलाई पहिको पार्टी बनाउने आशा व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य सुवाश चन्द्र ठकुरी, बलराम बल, बुद्वरत्न मानन्धर, प्रदेश सदस्य बरिना बल जिल्ला सचिव नवीन सिग्देल र जिल्ला सचिवालय सदस्य बिष्णुप्रसाद ढकाल लगाएतले मन्तब्य व्यक्त गरेका थिए ।







