हेटौंडामा अनेरास्ववियूले गर्‍यो अन्तरविद्यालय वक्तृत्वकला

अखबार हब
२०७८ चैत्र १८, शुक्रबार २१:०१

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियू हेटौंडा उपमहानगरपालिका कमिटीले अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

शुक्रबार हेटौंडामा ‘स्थानीय तहको निर्वाचन र हामीले खोजेको जनप्रतिनिधि’ विषयमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा विभिन्न विद्यालयबाट १६ जना विद्यार्थीको सहभागिता रहेको थिए । हेटौडा उपमहानगरपालिकाकी उपमेयर मिना लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा, अनेरास्ववियूका केन्द्रीय उपमहासचिव किशोर टण्डन, अनेरास्ववियू जिल्ला अध्यक्ष अरुण बर्तौला, जिल्ला सचिव आकाश अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगिताको प्रथम हुन सफल अमर माविकी आयुुष्मा भण्डारीले नगद ३ हजार रुपौँयासहित शिल्ड र मेडल प्राप्त गरिन् भने द्वितीय हुन सफल तुलसी मेहर मेमोरियलकी सलिना डङगोलले नगद २ हजार रुपैयाँसहित शिल्ड र मेडल प्राप्त गरेकी थिइन् ।

त्यस्तै तृतीय हुन सफल ज्योति माविकी विशेषता अधिकारले नगद १ हजार रुपौँयासहित शिल्ड र मेडल प्राप्त गरिन् भने सान्तवना हुन सफल सिद्धार्थ माविकी जीना यादवले नगद ५ सय रुपौँयासहित शिल्ड र मेडल प्राप्त गरिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*