सहकारी दिवसको अवसरमा हेटौंडामा २५ जनाले गरे रक्तदान

अखबार हब
२०७८ चैत्र १८, शुक्रबार २०:२६

मकवानपुर । ‘मर्यादित व्यावसाय र प्रविधिमा सहकारी’ भन्ने नाराको साथ यसबर्ष ६५ औं सहकारी दिवस विविध कार्यक्रमको आयोजना सहित मनाईदै छ ।

यसैक्रममा आज शुक्रबार हेटौंडाको बुद्ध चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा ५ महिला र २० पुरुष गरि २५ जनाले रक्तदान गरेका गरेको राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा प्रमुख रामेश्वर अर्यालले बताए ।

६५ औं राष्ट्रिय सहकारी दिवस, बागमती प्रदेश स्तरीय मुल आयोजक समितिको आयोजनामा भएको रक्तदान कार्यक्रम मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा एवम् बागमती प्रदेश भूमी ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौलाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ६५ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेश मुल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटा , बागमती प्रदेश सहकारी महाशाखाका रजिस्ट्रार नारायण प्रसाद ज्ञवाली , राष्ट्रिय सहकारी महासंघ नेपालका निवर्तमान संचालक बद्री प्रसाद लम्साल , बागमति प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक राधा सिन्तान, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला कृषि सहकारी संघ मकवानपुरका संचालक राजु दर्लामी लगायतकाको आतिथ्यता रहेको थियो ।

सहकारी दिवसकै अवसरमा भोलि शनिबार बिहान हेटौंडा अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको मुल समारोह समितिका संयोजक नारायण प्रसाद देवकोटाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*