प्रदेशस्तरीय राष्ट्रिय सहकारी दिवसको तयारी पूरा

अखबार हब
२०७८ चैत्र १७, बिहीबार १६:५७

मकवानपुर । बागमती प्रदेशस्तरीय ६५ औं राष्ट्रिय सहकारी दिवसको तयारी पूरा भएको छ । शुक्रबारदेखि हेटौंडामा विविध कार्यक्रमसहित मनाउन लागिएको राष्ट्रिय सहकारी दिवसको सम्पूर्ण तयारी पूरा भएको छ ।

‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नाराका साथ बागमती सहकारी दिवस मनाउन प्रदेशस्तरीय मुल समारोह समिति गठन गरी दिवस मनाउन लागिएको हो ।

मुल समारोह समितिका अनुसार शुक्रवार १८ गते हेटौंडाको बुद्धचोकमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिनेछ भने शनिबार १९ गते हेटौंडा अस्पतालका उपचाररत बिरामीलाई फलफूल वितरण गरिने कार्यक्रम रहेको छ ।

चैत्र २० गते विहान ७ः३० बजे हेटौंडाको भुटनदेवी माविको चौरबाट र्याली सुरु भइ रोयल पार्टी प्यालेसमा प्रवचन तथा सम्मान वितरण गरिने र साँझमा प्रदेशभरका सहकारी संघ/संस्थाले कार्यालय परिसरमा दीप प्रज्वलन गरी मनाउने तयारी रहेको मुल समारोहका संयोजक नारायण प्रसाद देवकोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*