काँग्रेस पर्ता टोल समितिको संयोजकमा थोकर
मकवानपुर । नेपाली काँग्रेस मनहरी–१, पर्ता टोल समितिको संयोजकमा सानुमाया थोकर चयन भएकी छिन् । सोमवार मनहरी गाउँपालिका वडा नं. १ पर्तामा भएको भेलाले थोकरकोे संयोजकत्वमा २२ सदस्यीय टोल समिति गठन गरेको हो ।
समितिको सह–संयोजकमा राम सिं रुम्बा, सचिव चन्द्रबहादुर गोले, कोषाध्यक्षमा कल्पना लोप्चन चयन भएका छन् । त्यस्तै सदस्यहरु सुना पौडेल,रामकुमार भण्डारी,सन्त गोले, चन्द्रबहादुर गोले, गणेश बुलुन, माइलि थिङ तमाङलगायत सर्वसम्वत चयन भएका छन् ।
काँग्रेस मनहरी १ का सभापति रामप्रसाद उप्रेतीको सभाध्याक्षता भएको कार्यक्रममा, काँग्रेस जिल्ला सदस्य १ नं. वडा प्रतिनिधि राजकुमार वाईबा प्रमुख आतिथिमा रहेको थियो ।
त्यस्तै विशिष्ठ अतिथिमा काँग्रेस महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, काँग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. २ सदस्य राममणि न्यौपाने, अतिथिहरुमा काँग्रेस मकवानपुर प्रतिनिधिसभा २(ख) क्षेत्रीय सचिव नवराज पौडेल, कोषाध्यक्ष आरएन खतिवडा, मनहरी गाउँपालिका कार्यसमिति सदस्यहरु तुलप्रसाद पाण्डे, सुजन बर्ताैला र नितुमाया मोक्तान, वडा अध्यक्ष शिवप्रसाद खनाल, पूर्वसभापति रामकुमार उप्रेती र चन्द्रवती लटौलालगायतको उपस्थिति रहेको थियो । मनहरी १ मा नेपाली काँग्रेसको हालसम्म ७ वटा टोल समिति गठन भइसकेको छ ।







