पैसा नतिरेपछि काटियो मुख्यमन्त्री राउतको खानेपानी लाइन

अखबार हब
२०७८ चैत्र ८, मंगलवार १०:५५

जनकपुरधाम । मधेसका मुख्यमन्त्री लालबाबु राउतले नै खानेपानीको बिल नतिरेको खुलेको छ ।

पटक–पटक ताकेता गर्दा पनि बिल नतिरेपछि नेपाल खानेपानी संस्थान वीरगञ्ज शाखाले लाइन नै काटेको हो । मुख्यमन्त्री राउतको बुवा दशरथ राउत गद्दीको नाममा खानेपानी बिल रहेको छ ।

उनको नाममा खानेपानीका धारा ग्राहक संख्या ६७७७ आइडी नम्बर ४७० र एरिया नम्बर क,८,१३ रहेको छ । धाराको पानी महसुल १ लाख ८ हजार ८११ रुपैयाँ ३० पैसा छन् । तर समयमा बिल नतिर्दा ५४ हजार ४०५ रुपैयाँ ६५ पैसा जरिवाना समेत जोडिएको छ ।

मुख्यमन्त्री राउतका बुवा दशरथको नाममा पानीको बिल कुल १ लाख ६३ हजार २१६ रुपैयाँ ९५ पैसा बक्यौता रहेको कार्यालय प्रमख इन्जिनीयर निरण महर्जनले बताएका छन् ।

उनका अनुसार पटक–पटक बक्यौताको लागि जानकारी र कालो सूचीको सार्वजनिक सूचना निकाल्दा पनि बक्यौता नतिरेकाले फागुन २० गतेको निर्णयअनुसार लाइन काटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*