मेयर महतसहित मकवानपुरका ७ जना एमाले बागमती प्रदेश कमिटीको सदस्यमा मनोनीत

अखबार हब
२०७८ चैत्र ८, मंगलवार १०:२६

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश कमिटीमा ७९ जना सदस्य मनोनीत भएका छन् ।

एमाले बागमतीले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश कमिटीको गत फागुन २६ गते सम्पन्न तेस्रो पूर्ण बैठकले मकवानपुरका ७ जनासहित ७९ जना सदस्य मनोनयन गरेको जानकारी गराएको हो ।

प्रदेश कमिटी सदस्यमा मकवानपुरका बुद्धरत्न मानन्धर, , ईन्द्रमान स्याङ्तान, सम्राट तुम्बाहाम्फे, डिल्लीप्रसाद दाहाल, रामचन्द्र अर्याल र श्यामभक्त श्रेष्ठ मनोनित भएका हुन् ।

एमाले बागमती प्रदेशका अध्यक्ष केशवराज पाण्डेको अध्यक्षता तथा एमालेका केन्द्रीय कमिटीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा फागुन २६ गते काठमाडौंमा बसेको बैठकले उनीहरुलाई प्रदेश कमिटीमा मनोनयन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*