समाज/राजनीति

ओलीले आइतबार कोरोना खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २३ गते आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले आज यहाँ सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे खोप लगाउनुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।...

नेपाली काँग्रेस ओलीसँगै सति नजाओसः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा अध्यक्ष माधव कुमार नेपालले नेपाली काँग्रेसलाई केपी ओलीसँगै सति नजान आग्रह गरेका छन् । खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने,‘ओली अनौतिक हुन् । काँग्रेस ओलीसँग सति नजाओस् । काँग्रेस जस्तो पार्टी ओलीको सति जाँदैन भन्ने विश्वास छ ।’ उनले ओलीको प्रतिगामी कदम...

विप्लबले हिंसा त्यागे, अब पर्यटन क्षेत्रले फड्को मार्छः पर्यटनमन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएसँगै अब नेपालको पर्यटनले फड्को मार्ने बताएका छन् । प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरको ४४औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले फागुन २१ गतेदेखि नेपाल पूर्णरुपमा शान्तिको देशका रुपमा रुपान्तरण भएको र नेपालमा कोभिड–१९ विरुद्धको...

पशु विकास अधिकृतबाट अवकाश लिएपछि कागती खेतीतर्फ

काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र तनहुँबाट पशु विकास अधिकृत पदबाट अवकाश लिएपछि रामबहादुर अधिकारी कागती खेतीतर्फ आकर्षित बनेका छन् । जिल्लाको बन्दीपुर गाउँपालिका–१ बानियाटार निवासी अधिकारीले व्यावसायिकरुपमा सुन जातको कागती लगाएका हुन् । करीब ३० रोपनी क्षेत्रफलमा ४०० कागतीको बोट लगाइसकेको र ६०० बोट लगाउन ७०...

नेकपा विवाद टुंगो लगाउने प्रक्रिया सुरु हुँदै, माधव-प्रचण्ड समुहलाई सुर्य चिन्हसहित आधिकारीकता

काठमाडौं । निर्वाचन आयोगले नेकपा आधिकारीकताको टुंगो लगाउन आइतबारदेखि प्रक्रिया थाल्ने भएको छ । अध्यक्षद्धय माधव नेपाल र प्रचण्डले पठाएको पत्र बुझ्दै आयोग प्रमुख दिनेश थपलियाले आइतबारबाट नेकपा विवाद निरुपणको प्रक्रिया आरम्भ हुने बताएका हुन् । नेकपा अध्यक्षद्धयले आयोगलाई पत्र लेखेर आधिकारीकता विवाद तत्काल टुंगो लगाउन अनुरोध गरेका थिए...

माधव-प्रचण्ड समुहमा ११४ जना सांसद, प्रचण्ड बने दलको नेता, बन्लान त प्रधानमन्त्री ?

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड संसदीय दलको नेता चयन भएका छन् । जेष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा बसेको नेकपा संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो । यस अघि पनि नेकपा बहुमत पक्षले प्रचण्डलाई नै दलको नेता चयन गरेको थियो । तर प्रक्रियागत विषय मिलाउन उनैलाई पुनः...

सेती जलाशययुक्त आयोजनाले नौ सय घरधुरी जनतालाई सार्नुपर्ने, ९१ अर्ब लगानी

डोटी । बोगटान फुड्सिल गाउँपालिकामा निर्माण गरिन लागेको जलाशययुक्त सेती आयोजनाले डोटी र अछामका गरी कम्तीमा पनि ८८४ घरधुरीमा असर पर्ने भएको छ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग सानोगौचरण काठमाडौँले जिल्लाको बोगटान फुड्सिलमा गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा सो जानकारी दिइएको हो । कूल...

लोबुचे र मनास्लु हिमाल चढेको बहराइन राजपरिवार टोलीले सगरमाथा आरोहण गर्ने

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्देश्यले बहराइन अधिराज्यका राजपरिवारका एक सदस्यसहित १६ को टोली नेपाल आउने भएको छ । बहराइनका लागि नेपाली दूतावासले विज्ञप्ति जारी गरी सो टोली आगामी मार्च १५ तदानुसार २ चैत २०७७ मा बहराइनबाट नेपाल प्रस्तान गर्ने निश्चित भएको जनाएको छ । बहराइनका लागि...

झापामा ‘वाटर किङ्डम पार्क’ सञ्चालनको तयारी, ३५ करोड लगानीमा बन्यो पूर्वाधार

झापा । झापाको शिवसताक्षीस्थित झिलझिलेमा जिल्लाकै सबैभन्दा ठूलो लगानीमा निर्माण भएको वाटर किङ्डम पार्क एण्ड रिसोर्ट सञ्चालनको तयारीमा पुगेको छ । स्थानीय व्यवसायीको करीब ३५ करोडको लगानीमा जिल्लाकै सुविधा सम्पन्न पार्क निर्माण गरिएको पार्क औपचारिकरुपमा सञ्चालनको तयारीमा रहेको सञ्चालकले जनाएका छन् । पार्क सञ्चालकसमेत रहेका कार्यकारी निर्देशक राजकुमार सङ्ग्रौलाका...

ओलीले राजीनामा दिएर पार्टी एकता जोगाउनुपर्छः योगेश भट्टराई

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् । प्रेस सङ्गठन ताप्लेजुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताए । उनले भने, “एकता हुने सम्भावना जीवित छ, सबै...