समाज/राजनीति
ऋणको ब्याजवापत श्रमसँगै यौन शोषण
सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ । छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाइ छ । शनिबार सल्लेरीमा पत्रकार सँगको भेटमा ती महिलाले आफू...
एक गोल पनि नगरी नेपाल फाइनलमा !
काठमाडौं । राजधानीमा जारी त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाल फाइनल प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनल प्रवेश गरेको हो । नेपालले अघिल्लो खेलमा पनि किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो । प्रतियोगितामा बंगलादेशले किर्गिस्तानलाई पराजित गरेको थियो । बंगलादेश लिग विजेता बनेको छ...
गोली लागेर एकको मृत्यु
दाङ । घोराहीमा शिकार खेल्न गएका एक व्यक्तिको गोली लागेर घटनास्थलमै मृत्यु भएको छ । घोराही उपनगरपालिका–१२ को कमलघारी जङ्गल क्षेत्रमा शुक्रबार राति भएको सो घटनामा वडा नं १३ का ५० वर्षीय टेकबहादुर गुरुङको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले जानकारी दिए ।...
अर्घाखाँचीमा माधव नेपाल समुहको समानान्तर जिल्ला कमिटी
काठमाडौं । नेकपा(एमाले) माधव नेपाल समुहले अर्घाखाँची जिल्लामा समानान्तर कमिटी निर्माण गरेको छ । साविक एमालेका निर्वाचित जिल्ला सचिव राम बहादुर चौहानलाई निलम्बन गरेर ओली समुहले टोप बहादुर रायमाझीका भाई तेज बहादुर रायमाझी(विधान) हुन भन्दै पत्राचार गरेपछि नेपाल समुहले समानान्तर कमिटी निर्माण गरेका हुन् । समानान्तर कमिटीमा साविक एमालेका...
ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब छ तर अब कुर्न सकिन्न
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ओली सरकारलाई दिएको समर्थन केहि दिनभित्रै फिर्ता लिने बताएका छन् । वृहत नागरिक आन्दोलनले गरेको सम्वादमा अध्यक्ष प्रचण्डले आफुलाई समर्थन फिर्ता नलिन दबाव आईरहेको पनि बताए । ‘मलाई केहि साथीहरुले समर्थन फिर्ता नलिन दबाव दिईरहेका छन्, परिस्थिति झन बिग्रिन्छ भनिरहेका छन्, तर...
कारवाहीको डर छैन, ओलीसँग झुक्दिन- माधव नेपाल
काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आफुलाई कारवाहीको डर नभएको स्पष्ट पारेका छन् । वृहत नागरिक आन्दोलनले आयोजना गरेको संवादमा उनले आफुलाई कारवाहीको कुनै डर नभएको बताएका हुन् । ‘केहि नबोलौं भने पार्टीको ढोका बन्द छ, बोलौं भने अझै घोक्र्याएर निकाल्लान भन्ने अवस्था छ,...
डढेलोले वन सखापः बस्ती पनि असुरक्षित
महोत्तरी । चैत मध्य नबित्दै यहाँका वन क्षेत्रका नयाँ बिरुवा डढेर खरानी हुने क्रम बढेको छ । पूर्वपश्चिम राजमार्गको दुवैतिर (उत्तर–दक्षिण) का बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने जङ्गलमा दिनदिनै बढेको डढेलोले दुई÷तीन वर्षयताका नयाँ बिरुवा डढाएर खरानी बनाएको हो । डढेलोले वयस्क र पुराना रुख पनि मारेको छ...
मौसममा सुधार आउन अझै केही दिन लाग्ने
काठमाडौं । पछिल्लो समय नेपालका अधिकांश जिल्लामा डढेलो लागेकाले प्रदूषणका कणहरु वायुमण्डलमा नै जम्मा भएकाले काठमाडौँ उपत्यकामा बाक्लो तुवालो लागेको छ । जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण...
रहेनन् काँग्रेस नेता नवीन्द्रराज जोशी
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पुर्व मन्त्री नविन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालले जोशीलाई शुक्रबार राति ८ः२४ बजे मृत घोषणा गरेको हो । मष्तिष्क घात भएपछि उनको नर्भिक अस्पतालमा उपचार भैरहेको थियो । उद्योग मन्त्रीका रुपमा जोशीले राम्रो छाड्न सफल भएका थिए । २०६४ र २०७०...
लुम्बिनी प्रदेशको राजधानीको जग्गा रोक्का फुकुवा
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी तोकिएको राप्ती उपत्यका क्षेत्रको जग्गा रोक्का आंशिक फुकुवा गर्ने निर्णय गरेको छ । प्रदेशसभाले गत असोज २० गते दाङको राप्ती गाउपालिकाका सबै वडा र गढवा गाउपालिकाका वडा नं १, २ र ३ तथा अर्घाखाँचीको सितगङ्गा नगरपालिकाका वडा ८ र ९ लाई राप्ती...










